१. कृतज्ञ छु भगवान प्रती कि आँशुको कुनै रङ्ग दिएनन, नत्र भने बिहानको भिजेको सिरानी ले रातको धेरै रहस्य खोलिदिने थियो ।
२. कति मुश्किल छ जिन्दगीको यात्रा, भगवानले मर्न दिदैन र मान्छेले जिउन दिदैन ।
३. रगत जसको पनि होस रंग सबैको एउटै हुन्छ, कसरी थाहा पाउने पराय को ? र आफ्नो को ?
४. धैर्य र सच्चाई एउटा यस्तो सवारी हो, जो आफ्नो सवारलाई कहिल्यै गिर्न दिदैन न कसको अंगालोमा र न कसैको नजरमा ।
५. पराजय तब हुदैन जब तपाईं खस्नुहुन्छ, पराजय त तब हुन्छ जब तपाईं उठ्नको लागि अस्वीकार गरीदिनुहुन्छ ।
६. पहिलो माया को कुरा जोसित जति नै गरोस जमाना, तर पहिलो माया त “आमा” बाटै शुरु हुन्छ ।
७. ऊ दुश्मन बनेर मलाई जित्न निस्केको थियो, माया गर्नुपर्थ्यो म आफै नै हार्ने थिए ।
८. अचम्मको कहानी छ जमानाको, राम्रो यादहरुलाई पेनड्राइवमा र खराब यादहरुलाई दिलमा राख्ने गर्छन ।
९. आमा र श्रीमती दुवैलाई हमेशा धेरै इज्जत र प्रेम दिउ किनकी आमाले तिमिलाई यो दुनियाँमा ल्याएकी छिन र श्रीमतिले सारा दुनियाँलाई छोडेर तिमीसित आएकि छिन ।
१०. प्रसन्न हुनुको एउटा सरल उपाय यो हुन सक्छ कि केवल उसैसित वास्ता राखौ जोसित हाम्रो मन मिल्दछ ।
११. दोस्रो मौका सिर्फ कहानीहरुले दिन्छ जिन्दगीहरुले होइन ।
१२. लुट्ने गर्छन आफ्नाले नै नत्र भने गैरलाई के थाहा कि दिलको भित्ता कहाबाट कमजोर हुन्छ ।
१३. गन्तव्य यस्तो चाहिन्छ कि जुन दिन हारे पनि त्यो दिन जित्नेहरुको भन्दा बढी मेरो चर्चा होस ।
१४. खराब छु र त अहिले सम्म जिवित छु, नत्र भने राम्रो मान्छेलाई यो दुनियाँ कसले दिन्छ ।
१५. सम्बन्ध बिग्रनुको पहिलो कारण यो हो कि मान्छे “टुट्न” मन पराउछन तर “झुक् ” होइन ।
१६. दिनमा कामले बस्न दिदैन, रातमा कसैको नामले सुत्न दिदैन ।
१७. चाहे आकाशलाई नै शिरमाथी नै उठाउनुस हुन्छ त्यही नै जुन विधाताले रचिसकेको छ ।
१८. मुस्कान झुठो पनि हुने गर्छ साथी, मान्छेलाई देख्न होइन बस् बुझ्न सिक्नुस ।
१९. कसले भन्छ कि आँशु को वजन हुदैन, एक बुन्द आँसु छल्कियो भने पनि मन हल्का भइदिन्छ ।
२०. अरुको दुख-समस्या-बर्बादीमा कहिल्यै आनन्द नलिनुस, र भगवानले पनि तपाइलाई त्यही गिफ्ट नदिउन, किनकी भगवानले त्यही दिन्छन जसमा तपाइलाई आनन्द मिल्दछ ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !