१. जिवनमा सबैभन्दा ठूलो दर्द दिल टुटेर होइन भरोसा टुटेर हुन्छ ।
२. आमा र श्रीमती दुवैलाई हमेशा धेरै इज्जत र प्रेम देउ, किनकी आमाले तिमिलाई यो दुनियाँमा ल्याएकी छिन, भने श्रीमतिले सारा दुनियाँलाई छोडेर तिमीसित आएकि छिन ।
३. मानिसको खोक्रा शब्दहरुबाट तपाइले आफुलाई कहिल्यै धोका नखुवाउनुहोस ।
४. बिहे एउटा किताब हो , जसको पहिलो अध्याय लयात्मक हुन्छ तर बाकी सबै पट्यारलाग्दो गद्द ।
५. पैसा भएमा कागजको खोस्टा मात्र खर्च हुन्छ तर समय व्यर्थ गुमाएमा जिवनको भाग नै खत्तम हुन्छ ।
६. आत्मसम्मानको साथ कमाएको सुख्खा रोटी चौरासी व्यन्जन भन्दा पनि मीठो हुन्छ ।
७. पैसा आफै टाउको दुखाइ पनि हो र त्यसको औषधि पनि ।
८. सिधा सिधा बोल्ने व्यक्तिहरु कडा अवस्य हुन्छन तर धोकेवाज हुदैनन ।
९. जसलाई जति पर्वाह गरीन्छ ऊ त्यती नै बेपर्वाह भइदिन्छ ।
१०. मेरो उचाइलाई देखेर हैरान छन धेरै मान्छे, तर कसैले मेरो खुट्टाको पैताला देखेनन ।
११. निष्पक्ष व्यक्तिमाथी हरेक पक्षको व्यक्तिले पक्षपातको आरोप लगाउछन ।
१२. लागीरहेको छ कि यसपटक प्रेम भएर नै छोड्छ, आज राती सपनमा मैले आफैलाई बर्बाद भएको देखेको छु ।
१३. गाडीमा यदि ब्रेक भएन भने दुर्घट्ना निश्चित छ, जीवन मा यदि संस्कार र मर्यादा भएन भने पतन निश्चित छ ।
१४. ट्रकहरुमा, बसहरुमा, ट्र्याक्टरहरुमा, अटोहरुमा लेखिएको पाउनुहुन्छ, “आमाको आशिर्वाद” किनकी मर्सिडिज , बि एम डब्ल्यु , फरारी र गाडीको मतलब हुन्छ, “बाउले दिएको” ।
१५. कृतज्ञ छु भगवान प्रती कि आँशुको कुनै रङ्ग दिएनन, नत्र भने बिहानको भिजेको सिरानी ले रातको धेरै रहस्य खोलिदिने थियो ।
१६. यो दुनियामा अन्जान बनिरहनु नै ठिक हो. मान्छेले अक्सर धेरै दुख दिन्छन आफ्नो बनाएर ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !