१. यहाँ कोहि न कोहि केहि न केहि रच्न मा माहिर छन् –बस फरक त येत्ति मात्र हो कि कोहि इतिहास रच्दछन् त कोहि षड्यन्त्र रच्दछन् I
२. जीवन मा सफल हुने अति–उत्तम बिधि –तपाई ले अरु लाइ दिने सुझाव उपर आफै कार्य गर्नुस I
३. मेहेनत यत्ति गर्छु कि कुनै दिन यस्तो आउनेछ जब मलाई भेट्ने हरु लाइ मेरो परिचय नै दिनु पर्नेछैन– मेरो काम नै मेरो नाम बन्ने छ I
४. जो मान्छेहरु न त आफ्नो गल्तिबाट सिक्छन न अरुको गल्तिबाट सिक्छन् त्यस्ता मान्छेहरु “बर्बाद” हुन्छन,जो मान्छेहरु आफ्नो हरेक गल्तिबाट मात्र होइन अरुको गल्तिबाट पनि केहि सिकछन् त्यस्ता मान्छेहरु “महान” हुन्छन I
५. सबै मानिस मा समान योग्यता पक्कै नहोला, तर सबै मानिसलाइ आफ्नो योग्यता बिकास गर्नका लागि समान समय र समान अवसर/विकल्प भने अवस्य मिल्दछ I
६. वाह ! रे वाह ! बडो गज्जब छ तिम्रो विश्लेषण ! आफु ‘असफल‘ हुदा चाही असफलता को ‘दोष‘ अरुलाई दिने अनि अरुकोहि ‘सफल‘ हुदा चाही उसको सफलता को श्रेय उसको ‘भाग्य‘ लाइ II चेतना होस : तिमीले पनि एक दिनमा त्यति नै समय पाएका छौ जति संसारका महान व्यक्तिहरुले पाएका छन,बस प्राप्त क्षमता अनुरुप सकारात्मक सोचको साथ प्रगति–पथमा लम्कीरहनु तिमीले सोचेको भाग्य तिम्रै पछि लागेर आउनेछ I
७. खोजी हिड्नु मा होइन,बरु सङै भएको बस्तुमा रोजि हेर्नू मा छ–खुसी 🙂 !
८. रिस एउटा हतियार हो,जसलाई हामीले नियन्त्रण गर्यौ भने ‘महान‘ बनिन्छ,तर यदि रिसले हामि लाइ नियन्त्रण गर्यो भने भित्र–भित्रै ‘चिहान‘ बनिन्छ I
९. पवित्र जल बन्न को लागि खोला को पानिलेपनि उद्गम स्थल देखि गंगा सम्म को यात्रा तय गर्ने आट राख्नुपर्दछ I
१०. एक कोइला ले पनि हिरा मा परिणत हुनको लागि अत्यधिक चाप र ताप सहेको हुन्छ,तसर्थ अहिले टेन्सन र पिडा भोग्दै हुनुहुन्छ भने,मान्नुस तपाई पनि रुपान्तरण को गोरेटो मा हुनुहुन्छ,बस धैर्य राख्नुस र आगाडी बढीरहनुस परिस्थिति केहि छिन् मा अनुकुल हुनेछ I
—
यो पनि पढ्नुहोस् : साथी कपिलका प्रेरक भनाइहरु भाग-१
[…] यो पनि पढ्नुहोस् : साथी कपिलका प्रेरक भनाइहरु भाग-२ […]