१. कसैको पनि आशा गर्दिन म किनकि मलाई राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैनन ।
२. जिन्दगीको कुरा कसलाई थाहा छ र यहाँ कुन दिन र कुन रात अन्तिम हुन्छ त्यसैले बाटोमा भेट्दा साथिसंग राम्ररी बोल्नु किनकि त्यो भेट अन्तिम पनि हुन सक्छ ।
३. बाचुन्जेल कसैले सोध्दैन कसरी बाचेको छ भनेर मरेपछि सबैले सोध्छन् कसरी मर्यो भनेर ।
४. मान्छे कि त नोटले बदलिन्छ कि त चोटले बदलिन्छ ।
५. हर कोहिले तपाईंलाई बुझ्दैन यहि जिन्दगी हो ।
६. अहंकार चाहे जेसुकैको होस सर्वनास गरेर छोड्छ ।
७. चरित्रहिन शिक्षा मानवता विहीन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।
८. लेखेर राख्नुस अरुको रिस डाहा र कुभलो सोच्ने मानिसको जिन्दगीभर प्रगती हुदैन ।
९. भरोसा सबैसंग गर तर सावधान रहेर किनकि कहिले काहीँ आफ्नै दातले पनि जिव्रो टोक्छ ।
१०. दुख बुझेका मान्छेहरुलाइ धनको होइन जीवनको चिन्ता हुन्छ ।
११. अक्सर गहिरो सम्वन्धले नै डुबाउने गर्छ ।
१२. आजकल जो साचो वोल्छ सबैभन्दा धेरै दुख उसैले पाउछ ।
very good
sahi
zgbzbchnch