विश्वप्रसिद्ध बंगाली साहित्यकार रवीन्द्रनाथ ठाकुरको जन्म सन् १८६१ मे ७ मा भारतको कोलकता स्थित जोडासाँकुमा भएको हो । विद्यालय शिक्षामा अत्यत्न कमजोर भएका कारण रवीन्द्रनाथलाई घरमै शिक्षा दिइएको थियो । भनिन्छ उनि म्याटि्रकको परीक्षामा सात पटक असफल भएका थिए । उनि तेह्र वर्षको हुदा उनले आमालाई गुमाउन पुगेका थिए, त्यहि पिडालाई साहित्यमा बदल्ने उनले अभ्यास थालेका थिए । आफैमा हराउने स्वाभावका उनि परिवारमा खासै आशा नागरिका छोरा थिए, तर उनीले पछी गएर आफ्नो कृति ‘गीतान्जली’ का निम्ति साहित्यमा नोबेल पुरस्कारसम्म जित्न सफल भए । आज हामी उनै प्रख्यात व्यक्तित्वका उत्कृष्ट १५ भनाइहरु यहाँ प्रस्तुत गर्दै छौं –
१. खुसी हुन धेरै सरल छ तर सरल हुन भने धेरै गाह्रो छ ।
२. त्यो व्यक्ति जसले आफूले रोपेको रुखको छहारीमा कहिल्यै बस्न पाउदिन भन्ने थाहा भएर पनि रुख रोप्दछ भने उसले कम्तिमा जीवनको अर्थ बुझ्न सुरु गरेको छ ।
३. जमिनमुनी गाढीएको जराले कहिल्यै पनि आफ्ना हाँगाविंगालाई फलमय बनाएको इनाम माग्ने गर्दैन ।
४. मन्दिरमा भगवानको पाउमाथि फूल चढाउनु अघि आफ्नो घरलाई प्रेमको बस्नाले सुशोभित गराउनु । मन्दिरमा भगवानको अगाडी दियो बाल्नको लागि जानु अघि आफ्नो हृदयमा भएको पापको अध्यारो हटाउनु ।
५. उच्चतम शिक्षाले हामीलाई फगत तथ्य/तथ्यांक मात्रै सिकाउने होइन बल्कि प्रकृतिका सबैसँग मेलमिलापका साथ बस्न सिकाउनु हो ।
६. एउटा मानिसले आफ्नो जीवनबाट सिक्न सक्ने महत्वपूर्ण पाठ भनेको संसारमा दुख छ भनेर बुझ्नु होइन बल्कि हरेक दुखलाई सुखमा बदल्न सकिन्छ भनेर बुझ्नु हो ।
७. म सुते र सपना देखे कि जीवन आनन्दमय थियो । म उठेर र देखे कि जीवन सेवा थियो । मैले गरे र देखे कि सेवामा नै आनन्द थियो ।
८. यदि तिमि मेरो जीवनबाट सुर्यको उज्यालो अस्तायो भनेर रुन थाल्छौ भने तिम्रा आँखामा आसु भरिएर चम्किरहेको ताराहरु देख्न सक्नेछौनौ ।
९. हामीलाई विविधताका वावजुद पनि होइन कि विविधता कै विचबट एक हुन दिनु किनकि एकअर्काको फरकपन हटाउन सकिदैन र त्यो विविधताविना जीवन एकदमै दरिद्र हुनेछ ।
१०. सुन्दरता भनेको त्यो सरल सत्य हो जुन प्रेमको आँखाबाट देख्न सकिन्छ ।
११. एउटा टुकीले अर्को टुकीलाई तबसम्म बाल्न सक्दछ जबसम्म उसले आफूलाई बलिरहन सक्दछ ।
१२. तिमि जो हौ सो देख्न सक्दैनौ, तिमीले जे देख्न सक्छौ त्यो वस् तिम्रो छायाँ मात्रै हो ।
१३. ति हरेकथोक जो हामीमाझ आउदछ त्यो हाम्रो हुनेछ यदि हामीमा त्यसलाई स्वीकार गर्ने क्षमता हुन्छ भने ।
१४. शक्ति बढ्दैमा गलत कहिल्यै पनि सत्यमा बदल्न सकिदैन ।
१५. पढाउनुको मुख्य उदेश्य व्याख्या गर्नु र बुझाउनु होइन, बल्कि विद्यार्थीको दिमागको ढोकामा ढकढकाइदिनु हो ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !