१४. धैर्यता, दृढता र मेहेनत यी तिन चिजको समिश्रणले हराउन नसक्ने सफलताको योग सिर्जना गर्दछ । – नेपोलियन हिल
१३. सफलतालाई आफ्नै अनुसार व्याख्या गर, यसलाई आफ्नै नियमद्वारा हासिल गर, र यस्तो जिन्दगि बनाउ जहाँ तिमि स्वयमलाई बाच्नुमा गर्व लागोस । – मेरी टेलर मूर
१२. स्वयम् म आफैले मात्र मेरो जिन्दगि परिवर्तन गर्न सक्छु; अरु कोही आएर मेरोलागि परिवर्तन गरिदिन सक्नेछैनन । – क्यारोल बर्नेट
११. मेरो चासो भगवान हाम्रो पक्षमा छन् कि छैनन् भन्ने होइन, मेरो चासो हामी भगवानको पक्षमा छौ कि छैनौ भन्ने हो किनकि भगवान सधै सही हुनुहुन्छ । – अब्राहम लिंकन
१०. आधा समयमा हार मान्ने काम नगर; बरु अर्को आधा समयमा कसरी जित्ने त्यसमा पुरा ध्यान लगाउ । – वियर ब्रायान्ट
९. यदि तिमि हिजो लडेका हौ भने, आज उठ्ने सहस गर । – एच.जी वेल्स
८. कहिल्यै पनि आफ्नो शिरलाई निहुराउने काम नगर । हार मानेर झोक्राएर बस्ने काम नगर । जहिल्यै पनि अर्को बाटोबाट अघि बढ्ने प्रयत्न गर । – चार्ल्स स्पर्जन
७. अल्छिहरु आकर्षक देखिन सक्छन तर काम गर्नेहरु सन्तुष्ट हुन्छ्न । – एन फ्र्यान्क
६. सफलता भनेको जे चाहन्छौं त्यो प्राप्त गर्नु हो भने खुसी भनेको त्यसलाई चाहनु हो जे तिमीले प्राप्त गर्यौं । – डेल कार्नेगी
५. जबसम्म तिमि हिडिरहेका हुन्छौ नि तब तिमि कति सुस्त हिडिरहेका छौ भन्ने कुराले कुनै मायना राख्दैन । – कन्फ्युसियस
४. कसैले पनि सम्झदैन कि दोस्रो को भएको थियो । – वाल्टर हगेन
३. यदि तिमी इन्द्रेणी देख्न चाहन्छौ भने वर्षातमा रुझ्न सक्नुपर्दछ । – डेली पार्टोन
२. आफ्ना समस्याहरुद्वारा धकेलिदै धकेलिदै नहिड बरु आफ्नो सपनाद्वारा डोरिएर हिड । – राल्फ वाल्ड़ो इमर्सन
१. तिमीले आफ्नो सपना बनाउ होइन भने अरु कसैले उसको सपना बनाउन तिमीलाई प्रयोग गर्नेछ । – फराह ग्रे
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !