१. सत्य भनेको सुन जस्तै हो, यसलाई सग्लो पाउन सकिन्न बरु सुन बाहेकका मिसिएका सबैथोकलाई पखालीसके पछी मात्र प्राप्त गर्न सकिन्छ ।
२. सबैले संसार बदल्ने बारे मात्र सोच्दछन तर कसैले पनि आफूलाई बदल्ने बारे सोच्दैन ।
३. त्यो खाली भाग जहा मायाले भरिएको हुनुपर्ने थियो त्यहि खाली भागलाई पूर्नको निम्ति सम्मानको आविष्कार भएको हो ।
४. यदि तिमि खुसि हुन चाहन्छौं भने, बन ।
५. आफ्नो हृदयलाई उत्खनन गर किनकि जुन कुरा हामीले नदेखिनेगरी भित्र रहेको हुन्छ त्यसलाई खनेर नै बाहिर निकालिन्छ ।
६. जो तिम्रो आफ्नो मान्छे हो त्यसलाई मानवीय स्तरको प्रेम गर्न सक्छौ तर आफ्नो दुश्मनलाई प्रेम गर्नको निम्ति इश्वरीय प्रेमको आवश्यकतापर्दछ ।
७. यदि कसैले कसैलाई माया गर्दछ भने उसले जस्तो उ छ सोही अनुसार सर्वांग प्रेम गर्दछ न कि जस्तो होस भन्ने चाहना छ त्यसलाई मात्र ।
८. जहाँ सत्यम, शिवम, सुन्दरम हुदैन त्यहाँ कुनै महानता हुदैन ।
९. बाहिरी बस्तुले तिमीलाई खुसि दिने होइन बरु तिमीले त्यसलाई कुन नजरले हेर्छौ त्यसले खुसी दिने हो ।
१०. सबै खुसि परिवारको खुसीको कारण मिल्दोजुल्दो हुन्छ तर दुखि परिवारको आफ्नै कारण हुन्छ ।
११. जति पनि मैले बुझे, यसकारण बुझे कि त्यसप्रति मेरो प्रेम थियो ।
१२. एक मानिसलाई बुद्धिमानी महिला जीवनसाथीको जत्तिको आवश्यकता अर्को हुदैन ।
१३. जिन्दगीको सिगो परिभाषा भनेको मानवताको सेवा गर्नु हो ।
१४. जबसम्म मानिस प्रेममा पर्दैन तबसम्म उ सुतिरहेको हुन्छ ।
१५. आफ्नो असलापनाले खराव व्यक्तिको मूल्य देउ, आफ्नो दयालुपनाको साथ उसको घृणासँग लड, होला तिमीले अरु मानिस माथि विजय प्राप्त नगरौला तर आफू स्वयंलाई भने अवश्य जित्नेछौ ।
१६. दुइ शक्तिशाली अश्त्रहरु भनेको समय र धैर्यता हो ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !