१. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुदैन ।
२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
३. पुस्तक र मोतीमा यत्ती फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।
५. पहिला तिनीहरूले वेवास्त गर्नेछन्, त्यसपछी तिमी उपर हास्नेछन्, त्यसपछी लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ ।
६. तिमीले संसारलाई जस्तो पर्वर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।
७. यसरी बाँच कि तिमी भोली नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाँच्दैछौ ।
८. मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्दछ ।
९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।
१०. मेरो अनुमती विना कसैले पनि मलाई पिडा दिन सक्दैन ।
११. खुसि तब मिल्छ जब तिमीले सोच्ने, तिमीले भन्ने र तिमीले गर्ने कुराबीच मेल हुन्छ ।
१२. यदि तिमि संसारमा साचो शान्ति चाहछौ भने आफ्नो बच्चाहरुबाट त्यसको सुरुवात गर ।
१३. आफुलाई चिन्नको निम्ति सबैभन्दा उत्तम उपाए अरुको सेवामा आफुलाई समर्पित गर्नु हो ।
१४. महानता पाएपश्चात होइन बरु पाउनको निम्ति गरिने संघर्षमा हुन्छ ।
१५. तैले मेरो आँखा फोडीस् म तेरो फोड्छु भनेर आँखाको बदला आँखा गर्ने हो भने संसार पुरै अन्धो हुन्छ ।
१६. तिमीले आज जे गर्छौ त्यसैमा नै तिम्रो भविष्य अडिएको हुन्छ ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !