१८. यदि ती सधै साधारण नै बनिरहन चाहन्छौ भने तिमीले आफु कति सम्भावनायुक्त छु भन्ने कुरो नै थाहा पाउदैनौ ।
१७. तिमि जीवनमा जे पनि बन्न चाहन्छौ त्यसमा महान बन्नको लागि सबैभन्दा पहिले त्यस प्रति प्रेम गर्नु आवश्यक छ र सो को निम्ति आवश्यक परे त्याग गर्न तयार रहनुपर्दछ ।
१६. कहिलेकहिँ झुक्किएर बोलेको एक दुइ शब्दलाई मान्छेले विर्सेलन तर तपाइले गरेको गलत व्यावहारलाई मानिसले कहिल्यै भुल्ने छैनन् ।
१५. हामी पुतलीको सुन्दरतालाई त खुबै प्रशंसा गर्दछौ तर उसले झुसिल्किरा हुदै पार गरेको त्यो कठोर चरणलाई भने विर्सने गर्दछौ ।
१४. जुनकुरा मैले खुला हृदयले निर्णय गरेको थिए त्यो बखत मैले प्राय सहि निर्यण लिएको थिए ।
१३. जुनकुरा तिमीले मन पराएर गर्छौ त्यसलाई मात्र तिमीले एकदमै राम्रोसँग सम्पन्न गर्न सक्छौ ।
१२. यदि कुनै कुरा मन पर्दैन भने त्यसलाई बदल । यदि त्यसलाई बदल्न सक्दैनौ भने त्यो प्रतिको आफ्नो सोचाइलाई बादल ।
११. खासमा हामीलाई जति चाहिन्छ भन्ने सोच्छौ त्यो भन्दा निकै कम चाहिने गर्दछ ।
१०. यदि म आफै स्वायसँग राम्रो छैन भने कसरि अरु म प्रति सहि बनुन भनेर अपेक्षा राख्न सक्छु ।
९. आफुमा अझ एक पटक माया गर्ने हिम्मत राख, अझ अरु एक पटक ।
८. घृणा त्यस्तो चिज हो जसले संसारमा निकै समस्या निकालेको छ तर पनि यसको घृणाको समाधान भएको छैन ।
७. तिमीले जीवनका सबै घट्नाहरूलाई नियन्त्रण त गर्न नसकौला तर तिमीले त्यसबाट पतन नहुने निर्णय लिन सक्छौ ।
६. मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।
५. कसैको जीवनको बादलमा इन्द्रेणी बन्ने प्रयाश गर्नु ।
४. हामीले थुप्रै असफलताहरू भेटौला तर हामी स्वयं असफल भने हुनुहुदैन ।
३. आफै भित्रबाट चम्कने प्रकाशलाई कसैले मधुरो बनाउन सक्दैन ।
२. प्रेमले कुनै बन्धन चिन्दैन । यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आफ्नो गन्तव्यसम्म पुग्दछ ।
१. मन भित्र कसैलाई भन्न नसकिएको तितो कथा गुम्साएर बाच्नु जतीको दर्द अर्को हुन सक्दैन ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !