प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [अठारौं खण्ड]

१. जिन्दगीको लम्बाई होईन कि गहिराई अर्थपुर्ण राख्दछ ।

२. त्यहाँ नजानुस जहाँ बाटो लग्दछ, तर त्यहाँ जानुस जहाँ कुनै बाटो नै छैन अनि त्यहाँ आफ्नो पाईला छोड्दै जानुहोस ।

३. तपाई जती जान्नुहुन्छ त्यो भन्दा कयौं गुना बढी बुद्दीमान पनि हुनुहुन्छ ।

४. जित्नेहरू कुनै अलग चिज गर्दैनन् उनिहरू एउटै चिजलाई अलग अलग तरिकाबाट गर्दछन ।

५. बिपरित परिस्थितीमा कोही टुटेर जान्छन भने कोही रिकर्ड तोडेर जान्छन ।

६. ति मान्छेहरू जो सँग स्पष्ट लेखीएको लक्ष्य हुन्छ, ति मान्छेहरू कम समयमा अरू मान्छेले जती सोच्छन त्यो भन्दा धेरै बढि सफलता प्राप्त गर्दछन ।

७. जुन यो सोचेर डराउछन कि कतै हार्ने त होईन ति अवश्य पनि हार्दछन ।

८. आधा काम गरेर केही पाउने ईच्छा केवल मुर्खले मात्र राख्दछन ।

९. यो संसारमा कुनै त्यस्तो ठाँउ छैन कि जहाँ केही कुरा लुकाउन सकियोस ।

१०. त्यती मात्र सिक्नुस जती तपाईलाई उपयोगी छ नत्र तपाईले हजारौ जन्म लिएर पनि यो संसारलाई बुझ्न सक्नुहुन्न।

११. जबसम्म तपाईले आफ्नो गल्तीको जिम्मेवारी आफै लिनुहुन्न तबसम्म तपाई कहिल्यै सफल हुनुहुन्न ।

१२. जब तपाई एक्लै हिड्नुहुन्छ तब तपाईले आफ्नो लक्ष्यतिर बढी केन्द्रित रहन सक्नुहुन्छ र सामान्यतया धेरैजसोको लागी असम्भव शब्दलाई सम्भवमा परिणत गर्न सक्नुहुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!